नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भव्य रूपमा सुरु, विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति
Editor:南亚网络电视
Time:2026-04-02 18:45

 

 IMG_6005

काठमाडौं,चैत १९ गते । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव को ९औं संस्करण आज काठमाडौंस्थित क्यूएफएक्स सिभिल मलमा भव्य समारोहका बीच उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ट व्यक्तिहरूको उपस्थिति देखिएको थियो।

कार्यक्रमकी मुख्य अतिथि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव लक्ष्मी बस्नेतले नेपाली चलचित्र क्षेत्रको विकास, प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता माथि जोड दिँदै महोत्सवको औपचारिक उद्घाटन गर्नु भयो।

IMG_5771

समारोहमा विभिन्न देशका उच्चस्तरीय कूटनीतिज्ञहरूको पनि उपस्थिति रहेको थियो। ब्राजिलका राजदूत कार्लोस अल्बर्टो, पाकिस्तानका राजदूत अबरार एच हाशमी, तथा श्रीलंकाका राजदूत रुवान्थी डेलपितियाले नेपालमा अन्तर्राष्ट्रिय चलचित्र सहकार्यको सम्भावनाबारे सकारात्मक धारणा व्यक्त गरेका थिए।

IMG_5948

त्यसैगरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली फिल्म उद्योगलाई विश्व बजारसँग जोड्न यस्ता महोत्सवहरू अत्यन्त महत्वपूर्ण हुने बताएका थिए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले चलचित्र र पर्यटनबीचको सम्बन्धलाई उजागर गर्दै यस्ता कार्यक्रमले नेपालको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा टेवा पुर्‍याउने बताए।

IMG_5764

उद्घाटन समारोहमा चलचित्रकर्मी, कलाकार, सञ्चारकर्मी तथा विभिन्न देशका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। पाँच दिनसम्म सञ्चालन हुने यस महोत्सवमा विश्वका विभिन्न देशका चलचित्रहरू प्रदर्शन गरिनेछन्। साथै, वर्कसप, अन्तरक्रिया तथा नेटवर्किङ कार्यक्रममार्फत चलचित्र क्षेत्रका नयाँ तथा स्थापित व्यक्तिहरूबीच अनुभव आदानप्रदान हुने अपेक्षा गरिएको छ।

यसरी, NIFF २०२६ ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र नयाँ अवसरहरू सिर्जना गर्ने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई पुनः स्थापित गरेको छ ।

Disclaimer: This article comes from South Asia Network TV Sico International Online's self-media, does not represent Sico International Online's South Asia Network TVViews and positions.。

Got likes0
Top